नियम ७७
सार्वजनिक क्रण तथा लगानीको लेखाङ्कन र प्रतिवेदन
(१) सार्वजनिक क्रण व्यवस्थापन कार्यालयले नेपाल सरकारको क्रण तथा लगानीको लेखा विवरण तथा प्रतिवेदन मासिक, त्रैमासिक तथा वार्षिक रूपमा महालेखा नियन्त्रक कार्यालय र अर्थ मन्त्रालयमा पेश गर्नु पर्नेछ।
(२) उपनियम (१) बमोजिमको मासिक प्रतिवेदन महिना समाप्त भएको सात दिनभित्र, त्रैमासिक प्रतिवेदन सो अवधि समाप्त भएको सात दिनभित्र र वार्षिक प्रतिवेदन आर्थिक वर्ष समाप्त भएको पैंतीस दिनभित्र पेश गर्नु पर्नेछ।
(३) उपनियम (१) बमोजिमको प्रतिवेदनमा क्रण सम्बन्धी कारोबारको उल्लेख गर्दा कारोबार भएको दिनमा कायम रहेको विनिमय दरमा नेपाली मुद्रा र सम्झौता अनुसारको विदेशी मुद्रा तथा दातृपक्ष समेत उल्लेख गर्नु पर्नेछ। विनिमय दर यकीन हुन नसकेमा प्रतिवेदन अवधिको अन्तिम दिन कायम रहेको विनिमय दर अनुसार नेपाली मुद्रा उल्लेख गरी प्रतिवेदन पेश गर्न सकिनेछ।
(४) उपनियम (१) बमोजिमको प्रतिवेदनमा लगानी सम्बन्धी कारोबार उल्लेख गर्दा प्रतिवेदन अवधिमा क्षेत्रगत, निकायगत र ख्रोतगत रूपमा शेयर तथा क्रण लगानी, लाभांश तथा व्याज प्राप्ति, साँवा फिर्ता, समायोजन थपघट र कुल लगानी उल्लेख गर्नु पर्नेछ।
(५) सम्झौता बमोजिम दातृपक्षलाई आवधिक रूपमा उपलब्ध गराउनु पर्ने प्रतिवेदन महालेखा नियन्त्रक कार्यालयले उपलब्ध गराउनेछ ।